मिस युनिभर्स प्रतिस्पर्धी मिस नेपाल नग्मा श्रेष्ठ योण्डर म्युजिक एपको ब्राण्ड प्रवद्र्धकको रुपमा चुनिएकी छन्।
योण्डर म्युजिकले नग्माको व्यक्तित्व प्रेरणादायी जीवनलाई विश्वब्यापी रुपमा संगीत प्रतिको मायासँग मेल खाने गरी संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराउनेछ।
योण्डरका अनुसार टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी उनी पहिले देखि नै संगीत, फिटनेस र फेशन प्रति लगाव राख्थिन्।
योण्डर म्युजिक एसियाका अध्यक्ष एडियन ब्रुटनले प्रतिभावान, गतिशिल र सबैको राम्रो सोच्ने नग्मा आफूहरुको रोजाईमा परेको बताए।
श्रेष्ठले आफू रोजाईमा परेकोमा उत्साहित भएको बताइन्। ‘संगीत सर्जकलाई पनि उपयुक्त रोयल्टी प्रदान गरी सर्वसुलभ बनाउन योण्डर म्युजिकको लक्ष्यलाई सघाउन पाउँदा म एकदमै हर्षित छु’ उनले भनिन्।
अमेरिकामा स्थित योण्डर म्युजिक इंकको भातृ कम्पनी योण्डर म्युजिक बंगलादेशको डिजिटल म्युजिक सेवा प्रदायक हो।
व्यक्तिगत रुपमा स्थानीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगीतहरु २ करोडभन्दा बढीको भण्डारबाट स्ट्रि«म गर्ने, शेयर गर्ने र गाउने सुविधा, बिना कुनै विज्ञापन र शुल्क प्रयोग गर्न पाउने सुविधा यसमा छ।
मेटालिका, रेड हट चिल्ली पेपर्स, ब्ल्याक आइड पिज र म्युज जस्ता ब्याण्डका प्रसिद्ध म्यानेजर क्लिफ बर्नस्टाइन र योण्डरका संस्थापक एडम किड्रनको एडम प्लस योण्डरका लगानीकर्ता हुन्।