वर्षभरी व्यवसाया गरेवापत राज्यलाई तिर्नुृपर्ने आफैले निर्धारण गरेको कर तिर्न पनि व्यवसायीहरु अटेरी गरिरहेका छन्।
कर उठाउने जिम्मा पाएको आन्तरिक राजश्व विभागले त्यस्ता कर तिर्न अटेरी गर्ने व्यवसायीको नाममा सार्वजनिक सुचना जारी गरेको छ।
सबैभनदा बढी बक्यौता रहेको व्यवसायीहरुको सूची सार्वजनिक गर्दै आएको विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले आज पनि ९३ व्यवसायीहरुको नामावली प्रकाशति गरेको छ।
कर निर्धारण भएका तर लामो समयेदेखि कर तिर्न नआएका व्यवसायीहरुको सुची सार्वजनिक गरिएको र यसो गर्दा कर संकलन बढेको आन्तरिक राजश्व विभागका अधिकारीहरुको भनाइ छ।
साना तथा ठुला व्यवसायी गरेर अहिले पनि १५ देखि २० अर्बको कर बक्यौता बाँकी रहेको छ।
ठुला करदाता कार्यालय मातहातमात्रै एनसेलको बाहेक १२ अर्ब बक्यौता रहेको छ।
नाम कहिलिएका व्यवसायीदेखि सानासाना पसल गरेर बस्नेसम्मका व्यापारीले कर तिर्न अटेरी गरिरहेका छन्। यसमध्ये अधिकांस ठेकेदार कम्पनीले मूल्यअभिबृद्धि कर तिरेका छैनन् भने केहीले आयकर पनि तिरेका छैनन्।
न्यायिक निकायमा विचाराधिन नभएकालाईमात्र पत्र काट्ने त्यति गर्दा पनि सम्पर्कमा नआए सार्वजनिक सुची जारी गरेर कर तिर्न नमान्नेहरुलाई बोलाउने विभागले रणनीति लिएको छ।