नेपाल टेलिकमले बाढीबाट अति प्रभावित पूर्वाञ्चलका दुई जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी औषधि उपलव्ध गराएको छ।
महोत्तरीको लोहारपट्टीमा भदौ १२ गते र सप्तरीको भेडियामठमा १४ गते शिविर सञ्चालन गरिएको कम्पनीले जनाएको छ। लोहारपट्टीमा टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवाग्राहीलाई औषधि वितरण गरेर निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरेकी थिइन्।
सो अवसरमा राजभण्डारीले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा नै आएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।
निःशुल्क स्वास्थ्य शिविरमार्फत महोत्तरीको लोहारपट्टीमा ७ सय ३२ र सप्तरीको भेडियामठमा ४ सय २३ जनाले सेवा र निःशुल्क औषधिको लाभ लिए। शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १३ जनाको टोलीले सेवा उपलब्ध गराएको थियो।