एक सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले महँगिएको छ। गत सोमबार प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार ५५ हजार ५ सय रुपैयाँ पुगेको छ।
शुक्रबारको तुलनामा भने यो १ सय रुपैयाँ महँगो हो। यो ९९.९ प्रतिशत शुद्ध अर्थात फाइन सुनको मूल्य हो। त्यस्तै चाँदीको मूल्य पनि एक सातामा ३५ रुपैयाँले महँगिएको छ। गत सोमबार प्रतितोला ७२५ मा कारोबार भएकोमा आज ७६० कायम भएको छ।