काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ।
रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरूका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जनाभन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा हालै बिक्री सुरू गरिएका नयाँ मोडलहरू ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को विभिन्न विशेषताहरू जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभभिउइंग, सेल्फी र आइपिएक्स८ बारेमा छलफल गरिएको थियो।
दुवै फोनलाई धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको छ। मेन स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ।यसका साथै आइपिएक्स८ को रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरू, र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको कम्पनीले बताएको छ।
ग्यालेक्सी जेड फ्लिप५
ग्यालेक्सी जेड फ्लिप ५सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको फोन हो। जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्छ।
ग्यालेक्सी जेड फ्लिप५ मिन्ट, लाभेण्डर र कालो गरी तीन प्रकारका रङहरूमा उपलब्ध छ। यो ८+२५६ जिबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
ग्यालेक्सी जेड फोल्ड५
वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ।
साथै ग्यालेक्सी जेड सिरिजमा यसले सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले बताएको छ।
यो फोन कालो र निलो गरी २ प्रकारका रङहरूमा पाइनका साथै १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन्।
ग्यालेक्सी जेड फोल्ड५ १२+२५६ जिबीको मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड५ १२+५१२ जिबीको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।
यी मोडलहरूको प्रि-अर्डर गत साउन २२ गतेदेखि नै सुरू भइसकेको छ।
साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको फाइदा हुने केही आकर्षक उपहारहरू पनि रोज्न सक्नेछन्।