एनसेलले बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीको जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै आइरहेको छ।
एनसेलले हरेक वर्ष बाढीे पहिरोसम्बन्धी पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्याउँदै आइरहेको बताएको छ।
बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत यो वर्ष एनसेलले गत २ महिनामा ४४ लाखभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको छ।
यो वर्ष एसएमएसमार्फत् पूर्व सूचना प्रवाह गरिएका क्षेत्रहरूमा नारायणी, कंकाई, बागमती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरू रहेका छन्।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गदै आएको छ।
एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत एनसेलले विषेशगरी वर्षायाममा जोखिमसम्बन्धी पुर्वसूचना एसएमएस मार्फत प्रवाह गदै आएको छ।
यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ।
त्यसैगरी, विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघ संस्थाहरूलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ।
पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ। हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छाैं।'
जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनहरूमार्फत् नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा छुट्टा छुट्टै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरूलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ।
११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो। यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, संभवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यम मध्ये एक बनेको बताइएको छ।