शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टिल्सले ‘राइनो ५०० डी डण्डीबारे प्राविधिक जानकारी गराउने उद्देश्यले हेटौँडामा टेक्निकल मिट सम्पन्न गरेको छ।
सो अवसरमा ‘राइनो ५०० डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल ‘रीब्ड रिइन्फोर्समेन्ट’ बार भएको बताउँदै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण अन्य रिबारका तुलनामा राइनो फरक रहेको औंल्याए।
यसमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरिएको कम्पनीले जनाएको छ। यसमा रहेको डक्टिलिटी र शक्तिका कारण सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दावी छ।
कम्पनीका अनुसार राइनो ५००डी रिबार ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ। आवश्यक पूर्वाधार र योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि रिबार उपलब्ध गराउने गरेको छ। कम्पनीका अनुसार १२ मिटरको स्थिर लम्बाइमा रिबार उपलब्ध छन्।