नेपाल उद्योग वाणिज्य महासंघको ‘प्रोडक्टिभिटी एण्ड इन्नोभेसन’ समिति सभापतिमा मनिषलाल प्रधान नियुक्त भएका छन्। उनी महासंघका केन्द्रीय सदस्य एवं पूर्व बाग्मती अञ्चल संयोजक पनि हुन्।
महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिना पछि उक्त समिती गठन गरिएको हो। यो महासंघको अन्तिम समिति हो । महासंघको विद्यान दफा ३८ ग अनुसार यो समिति गठन गरिएको छ।
नवगठित समितिले औद्योगिक एवं व्यवसायिक क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने कार्यमा प्रभावकारी एवं जिम्वेदार पूर्ण ढंगले भूमिका बहन गर्ने जनाईएको छ।