कोकाकोला नेपालले संचालन गरेको दसैँ तिहार उपभोक्ता प्रवद्र्धन ‘मन खोलौं कोकसँग’ अभियान सम्पन्न भएको छ। परिवारसँग सम्बन्ध बिस्तार गर्दै ‘कोका–कोलाका साथमा भावना व्यक्त गर्न’ यो अभियान सफल भएको कम्पनीको दावी छ।
अभियानमा अत्यधिक प्रतिकृयाहरु प्राप्त भएका थिए। ४ लाख भन्दा बढि यूनिक एसएमएस नेपालभरबाट अभियान अवधिभर प्राप्त भएको थियो। तिमध्येबाट १७ हजारभन्दा बढी उपभोक्ता विजेता बनेका छन्।
उपभोक्ता प्रबद्र्धन अफरअन्तर्गत प्रत्येक दिन टिभीएस स्ट्राइकर १२५ सिसीको मोटरसाइकल प्रदान गरिएको थियो। त्यस्तै आकर्षक पुरस्कारहरुमा दैनिक ४ वटा एलजी एलईडी टिभी, एक सय रुपैयाँ बराबरको मोबाइल रिचार्ज दैनिक ४ सय जनाका लागि प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले १ करोड १० लाख भन्दा बढी मूल्यका उपहारहरु प्रदान गरेको छ।बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले अभियान समापनको घोषणा गर्दै अभियानले कोका–कोला र उपभोक्ताबीचको सम्बन्धलाई अभियानले प्रगाढ बनाएको उल्लेख गरे।
उनले भने ‘अभियान प्रभावकारी रुपमा संचालन गर्न निकै हर्षित भएका छौँ, यो नै उपभोक्ताहरुको माया, विश्वास र सहयोग हो।’