झन्डै एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दसैँको अवसर पारेर काठमाडौंका दुई भिन्न स्थानमा सुविधासम्पन्न शाखा विस्तार गरेको छ।
फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका शाखा बागबजार र सिटिसी मलमा संचालनमा आएका छन्। निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले बागबजारको शाखा उद्घाटन गरिन् भने सिटिसी मल शाखाको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चलचित्र अभिनेता रमेश उप्रेती, अभिनेत्री दिपिका प्रसाईं तथा अभिनेता/चिकित्सक आयुष्मान घिमिरेले संयूक्त रुपमा गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले फेसियल हाउस महिला उद्यमीको राम्रो नमूना भएको धारणा व्यक्त गरिन्। छाला रोग विज्ञ समेत रहेका डा.आयुष्मान घिमिरेले छालाको हेरचाहमा सौन्दर्यकर्मीको ठूलो भूमिका रहेको बताए।
फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले अत्याधुनिक प्रविधियुक्त सेवा दिने उद्देश्यले सिटिसी मलमा आधुनिक शाखा स्थापना गरिएको स्पष्ट पारिन्। यी ब्राञ्चमा सौन्दर्यका नयाँ प्रविधिहरु राखिएको निर्देशक महराको भनाइ छ।
टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटी र स्किन केयर मेसिन, कृत्रिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु यहाँ उपलब्ध छन्।
सौन्दर्य व्यवसायमा सफल महराले ९ वर्ष अघि फेसियल हाउस स्थापना गरेकी थिइन्। सुन्धारास्थित काठमाडौं मलबाट प्रारम्भ भएको फेसियल हाउस आज राजधानीसहित देशकाविभिन्न ठाउँहरुमा फैलिँदै गएको छ भने धेरैले यसबाटै रोजगार समेत पाएका छन्।
‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ लाई व्यवसायकै रुपमा सञ्चालन गरी वार्षिक ५ सय भन्दा बढी सौन्दर्यकर्मी उत्पादन गर्दै महराले रोजगारी प्रदान गरिरहेकी छन्।
उनको हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। पछिल्लो आधा दशकमा आठ सय भन्दा बढी प्रशिक्षार्थीले डिप्लोमा स्तरको प्रशिक्षण लिइसकेको उनी बताउँछिन्।
फेसियल हाउसका अन्य शाखाहरु यसअघि नै काठमाडौंको चावहिल, पोखरा तथा काँकडभिट्टामा समेत सञ्चालनमा छन्।