हाल तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको राष्ट्रिय ध्वाबाहक नेपाल एयरलाइन्सले आगामी जेठभित्र दुईवटा वाइड बडी विमान ल्याइसक्ने बताएको छ। निगमले योसँगै थप दुईवटा एरबस न्यारोबडी विमान पनि किन्ने भएको छ। थप एयरबसको ए ३२० विमान खरिदको लागि एयरबससँग पत्राचार सुरु भइसकेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
विमानको अभावमा नेपाल एयरलाइन्सले बजार विस्तार र व्यवसायिक सफलाता हाँसिल गर्न नसकेले सकेसम्म विमान थप्दै जाने योजना अनुसार निगमले थप दुई एयरबस खरिद गर्ने प्रक्रियामा अगाडि बढेको कंसाकारले बताए।
लामो समयसम्म विमान थप गर्ननसक्दा विगतका बजार पनि गुमाउँदै गएपछि राष्ट्रिय ध्वजाबाहकले बजार हिस्सा गुमाउँदै गएको थियो। तर पछिल्लो समय दुईवटा एरबस ३२० किनेपछि भने बजार हिस्सा बढाउँदै नेपालबाट अन्तर्राष्ट्रिय रुटमा यात्रु बोक्नेमा पहिलो बनेको थियो।
गतवर्षसम्म दुई बोइङ र दुई एयरबसमार्फत सेवा दिइरहेको एयरलान्सले एउटा बोइङ बिक्रीको लागि राखिसकेको छ। हाल उसले एउटा बोइङ र दुई एयरबसमार्फत सेवा दिइरहेको छ। अर्को बोइङ पनि व्यवासायिकरुपमा धेरै समय चलाउन नसकिने निष्कर्षमा निगम पुगेको छ।
हालका दुई न्यारो बडी अर्को जेठसम्म आउने दुई वाइड बडी र २०७६ सम्म आइपुग्नेगरी थप दुई न्यारोबडी खरिदको प्रक्रिया अगाडि बढाइने कंसाकारले जानकारी दिए। यी न्यारो बडी टेन्डरबाट भन्दा नभई एयरबससँग सोझै खरिद गरिने समय पनि लामो नलाग्ने उनको भनाइ छ।
निगमले न्यारो बडी विमान खरिदको लागि लगानीकर्ता पनि खोजिरहेको उता एयरबससँग पनि निरन्तर सम्पर्कमा रहिरहेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
‘विमान खरिदको लागि आवस्यक लगानीदेखि एयरबससँग गरिने अर्डरसम्मका सबै काम एकैपटक अगाडि बढाएका छौं’श्रेष्ठले भने,‘हामीसँग पहिले नै व्यवसायिक योजना त छ त्यसमा पनि थप परिमार्जन गरी स्पष्ट खाकासहित अगाडि बढ्छौं।’
सन् २०१८ मा वाइड बडी आएपछि निगमले अर्को बोइङ पनि बिक्री गर्ने योजना बनाएको छ। त्यसपछि निगमसँग चारवटा विमान हुने छन्। जसबाट ठुला विमानबाट जापान, कोरिया, साउदी अरबजस्ता गन्तव्यसँगै हालका आठवटा गन्तव्यमा उडान संख्या थप गर्ने निगमको रणनीति रहेको छ।
बजारमा निगमको व्यवसायिक विश्वासनियता कायम गर्नको लागि पनि यात्रुको चाप हेरि उडान संख्या थप गरिने प्रवक्ता श्रेष्ठ जानकारी दिए।
त्यसपछि अर्को वर्ष थप न्यारोवडी आएपछि एयरलाइन्ससँग ६ वटा विमान हुने छन् जसमा चार न्यारो र २ वाइड बडी। हालकासँगै क्षेत्रीय गन्तव्य विस्तार गर्दै जाने निगमका महाप्रबन्धक कंसाकारको भनाइ छ।
हाल क्वालालम्पुर, आवुदावी, दिल्लीजस्ता गन्तव्यमा दैनिक २ वटासम्म उडानको माग भएपनि निगमले विमान अभावमा उडान गर्न नसकेको तर विमान थपिएपछि त्यसो समस्या समाधान भएर जाने कंसाकारले जानकारी दिए।
कुनै पनि रुटमा नेपाल एयरलाइन्सको उडानमा यात्रुले चाहेको समयमा यात्रा गर्न पाएमा बजारमा विश्वास बढ्ने त्यसपछि आक्रमक बजार विस्तार हुने उनकाृे विश्वास छ।
हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३ र ३ र दुबई,दोहामा ४/४ वटा उडान गरी कूल ३७ वटा उडान भर्दै आएको छ।
नेपाल एयरलाइन्सले अन्य एयरलाइन्सको भन्दा सस्तोमा यात्रा गराउने र सोह कारण अन्यहरुले पनि भाडा घटाउन बाध्य हुने कंसाकारको आँकलन छ। नेपाल आउन जनसुकै गन्तव्यबाट पनि अत्यन्त महंगो भाडा भएकोले पर्यटकहरु आउन नचाहने तर एनएसीले उडान थालेपछि भाडाको समस्या हल भएर जाने उनको विश्वास छ। नेपालमा पर्यटक बढाउनको लागि भएपनि निगमले विमान थप्नैपर्ने र त्यसको लागि आफूले प्रत्येक वर्ष कम्तिमा पनि एउटा विमान थप गर्दै जाने योजना बनाएको उनले बताए।