चाडपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘छक्का–पञ्जा’ अफरका विजेतालाई १० लाख नगद प्रदान गरिएको छ।
आइएमईका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक अम्बिका न्यौपानेलाई हस्तान्तरण गरे।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो। सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त उपहार प्रदान गरिएको हो।
कम्पनीले १७ औँ वर्षसम्म आइपुग्दा १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार ८ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स प्रवाह गर्दै आएको छ।