रिभर फल्स हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्डले कम्पनीलाई शुक्रबार सेयर निष्कासन अनुमति दिएको हो।
कम्पनीले ७० करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो।
हकप्रद जारीसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ पुग्नेछ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। कम्पनीको सेयर सात सय ५१ रूपैयाँमा कारोबार भइरहेको छ।