बुधबार सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर बजार बन्द भएको छ।
बजार बन्द हुँदा नेप्से परिसूचक २६६५ विन्दुमा आइपुगेको छ। बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ।
मंगलबार पाँच अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको बुधबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको हो।
वित्त कम्पनी, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा समूह घटेका छन्।
कारोबारमा आएका तीन सय २२ लगानी उपकरणमध्ये एक सय ६६ वटाको मूल्य बढेका छन्, एक सय ३६ वटाको सेयर मूल्य घटेका छन्। बाँकीको स्थिर छ।
झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
बोटलर्स नेपाल ९बालाजु० को सेयर मूल्य ३.९४ प्रतिशतले घटेको छ।
यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी छ। कम्पनीको करिब ६२ करोड रूपैयाँको कारोबार भएको छ।