एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन्। एनआइसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो।
यस सम्झौतासँगै अब बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।
यस बैंकको मोबाइल बैंकिङ्ग सेवा एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा पाइने बैंकले जानकारी दिएको छ।
यस साझेदारीले ग्राहकलाई सरल, सहज तथा सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ।