योग्यता विवादमा पर्दै आएका बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनेसँगै उनी निलम्बनमा परेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएको एक मन्त्रीले सेतोपाटीलाई बताए।
पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको मन्त्रीले जानकारी दिए। यस्तो छानबिन समिति गठन भएपछि यस्तो अविधभर अध्यक्षको पद निलम्बन हुन्छ।
छानबिनबाट उनी दोषी ठहरिएमा उनी बर्खास्त समेत हुनेछन्।
ओझालाई सरकारले २०८१ फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो।
ओझासँग प्राधिकरणका लागि आवश्यक पर्नेभन्दा फरक योग्यता रहेको, बीमा ऐेनले तोकेको विज्ञता नभएको र उनले पेस गरेको अनुभव सम्बन्धी कागजात सही नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।