विकास हाइड्रोपावरको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका कित्ताका दरले सेयर पाएका छन्।
बिक्री प्रबन्धकका अनुसार उक्त सेयरमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
जसमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत भएको छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्।
कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ सर्वसाधारणका लागि बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रूपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रूपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका र ३ लाख ५४ हजार ५५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।