लोन लिनको लागि अझै पनि बैंकमा गएर कागजात पत्र र धितो राखी लिदै हुनुहुन्छ?
अब झन्झट मुक्त पाँच लाख रूपैयाँसम्मको लोन सजिलै आफ्नो मोबाइल बैंकिङ एपबाट लिन सकिनेछ।
फोनलोनको सुविधा मार्फत कुनै पनि ठाउँबाट सजिलै पाँच लाखसम्मको तत्काल लोन प्राप्त गर्न सकिने सुविधा उपलब्ध भएको छ।
आम नागरिकका सानो वा ठूलो इच्छा र आवश्यकता पूरा गर्न आर्थिक सहयोग चाहिएको बेला अब बैंक धाउनु नपर्नेका लागि यो व्यवस्था गरिएको हो।
सहज, छिटो र सुरक्षित तरिकाले लोन उपलब्ध गराई फोनलोनले मासिक किस्तामै सजिलै तिर्ने सुविधा प्रदान गर्छ।
हाल कृषि विकास बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंकमार्फत फोनलोनको सेवा प्राप्त गर्न सकिन्छ।
फोनलोनको सेवाबाट लाभ उठाउन आफ्नो योग्यता जाँच गरी आजै फोनलोन पार्टनर बैंकको मोबाइल बैंकिङ एपबाट आवेदन दिन सकिन्छ।
यदि प्रयोगकर्ताहरूले फोनेलोन सेवाको लागि योग्य नभएको खण्डमा आफ्नो बैंक खातामा ब्यालेन्स कायम, नियमित कारोबार र समयमै लोन भुक्तानी सुनिश्चित गरी भविष्यमा योग्य बन्न सक्नेछन्।
फोनलोन सुविधाको योग्यता हुन र यस सम्बन्धी नियम तथा सर्तहरू थाहा पाउनुको लागि आधिकारिक वेबसाइट मा हेर्न सकिनेछ।
फोनेलोनसँग सम्बन्धित जिज्ञासाहरू भएमा प्रयोगकर्ताहरूलाई आफ्ना सम्बन्धित बैंकहरूमा सम्पर्क गर्न भनिएको छ।