अब बीमा कम्पनीहरूले कम्तीमा एउटा नवीन बीमालेख जारी गर्नुपर्ने भएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/८३ काे वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
बीमा प्राधिकरणले पहिलो पटक वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
उनले बीमासम्बन्धी उजुरी कम गर्दै लैजाने याेजना रहेकाे बताएका छन्।
प्रधिकरणको बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने, बीमितकाे हितकाे लागि काेष बनाउने, सरकारी विद्यालयमा पढ्ने विद्यार्थीकाे बीमा गराउने याेजना रहेकाे छ।
नीति तथा कार्यक्रममा ७ वटा नीति र त्यसभित्र ४२ वटा कार्यनीति छ।