नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंकले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्द्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरू गरेको छ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरू गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्ट मार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो। जसलाई ग्राहकहरूले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुरू गर्न सक्नेछन्।
फोनपेको क्युआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज (शर्तहरू लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन्।
कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।