खानीखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न असार १० गते अनुमति पाएको हो।
कम्पनीले एक सय कित्ता सेयर हुनेले एक सय कित्ताकै लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो।
जस अनुसार कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा ४६ करोड ५७ लाख १४ हजार तीन सय रूपैयाँको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्कासन गर्नेछ।
कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ।