प्रभु इन्स्योन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्रधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले ५ प्रतिशत लाभांश वितरण गरेको थियो।