नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष इ. सुभाष चन्द्र बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ।
यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ।
सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरू मार्फत प्रोफेशनल बचत खाता खोलि दश लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।
यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ।