नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।
हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो।
कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।
उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। दुई दशकदेखि ज्ञवाली बैंकिङ क्षेत्रमा छन्।
यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए। उनले चैतमा नै राजीनामा दिएका थिए। बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाईलाई समेत बढुवा गरेको छ।
हाल नायब महाप्रबन्धक रहेका बजगाईले असार देखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन्।