मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
सोमबार नौ अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ५५ करोड रूपैयाँ कमी आएको हो।
आज ३१५ वटा धितोपत्रको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको छ।
यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ८१४ रूपैयाँ ३० पैसा र ४२३ रूपैयाँ ५० पैसा पुगेको हो।
सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक ४.३८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७५ रूपैयाँ १५ पैसामा झरेको छ।
यसैगरी, बाराही हाइड्रोपावरको मूल्य ३.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७६९ रूपैयाँ ०९ पैसा कायम भएको छ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७८८ रूपैयाँमा ६० करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४० रूपैयाँमा ४१ करोड १५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ।
दोस्रोमा होटल्स समूहको परिसूचक २.१२ प्रतिशतले घटेको छ