सरकारले युवा उद्यमशीलता बढाउन आगामी बजेटमा विशेष योजना घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै जेनजी पुस्तालाई व्यवसायी बनाउन ७३ करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरे।
सरकारले युवाहरूलाई काम खोज्ने भन्दा काम दिने लक्ष्य राखेको छ। यसका लागि विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्कुवेसन सेन्टर सञ्चालन गरिनेछ।
स्टार्टअप उद्यमीहरूलाई सिप विकास र मूल्य श्रृङ्खलामा सहयोग पुर्याउने योजना छ।
युवा उद्यमीहरूलाई तीन प्रतिशत ब्याजदरमा सहुलियतमूलक ऋण उपलब्ध गराइनेछ। अर्थमन्त्री पौडेलले यसले युवा रोजगारीमा क्रान्तिकारी परिवर्तन ल्याउने बताए।