बुधबार नेप्से परिसूचक दोहोरो बढेको छ।
गत बिहीबारदेखि नेप्से घट्दो क्रममा रहेको थियो। बुधबार अर्थात् पाँचौं दिन भने नेप्से बढेको हो।
नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार ६ अर्ब ५२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ८ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२३ वटा धितोपत्रको दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै दुई कम्पनी स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
बराही हाइड्रोपावरको मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८०३ रूपैयाँ ६० पैसामा झरेको छ।
यसैगरी, दिव्यश्वरी हाइड्रोपावरको मूल्य ४.८४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३३६ रूपैयाँ ९० पैसा कायम भएको छ।
बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३९८ रूपैयाँमा एक अर्ब पाँच करोड ७३ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७७ रूपैयाँ ९० पैसामा ६० करोड आठ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको बढेको छ भने बाँकी चार समूहको परिसूचक घटेको छ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ।