पियोर इनर्जीको सेयर कारोबार आज (मंगलबार)देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता २८९ रूपैयाँ ३० पैसामा कारोबार खुला भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको 'पियुआरई' संकेतमा सेयर कारोबार खुला भएको हो।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ९६ रूपैयाँ ४५ पैसादेखि २८९ रूपैयाँ ३५ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो।
सोही मूल्य रेञ्जको आधारमा आज पहिलो कारोबार भएको हो।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
सोमबार कम्पनीको ८० लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता सेयर गरी कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो।
यस अवधिसम्म कम्पनीको सेयर मूल्य १.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९५ रूपैयाँ कायम भएको छ।