सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जीको आइपिओ सूचीकृत भएको छ।
कम्पनीको ८० लाख कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू (वैदेशिक रोजगारीमा रहेका नेपाल, सामूहिक लगानी कोष र कर्मचारी समेत) लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता सेयर गरी कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ९६ रूपैयाँ ४५ पैसादेखि २८९ रूपैयाँ ३५ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ।
सोही रेञ्जमा रहेर मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
कम्पनीको 'पियुआरई' संकेतमा सेयर कारोबार खुला हुनेछ।
त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।