प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट/ मौलाकाली केबलकारबीच बिहीबार एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस समझदारी अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरूले इला होटल्स एण्ड रिसोर्ट/मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछन्।
समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट/मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरे।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले उक्त रिसोर्टको खानामा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क पाउनेछन्।
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरू गरेको छ। जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने बताइएको छ।
प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालय, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।