नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले १०:४ को अनुपातमा हकप्रद निष्कासन गर्न जेठ ७ गते अनुमति पाएको हो।
कम्पनीले एक सय कित्ता सेयर हुनेले ४० कित्ताको लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो।
जस अनुसार कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ रूपैयाँको ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद निष्कासन गर्नेछ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड छ।