गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिको कारण बीमा कम्पनीहरूमा परेको १० अर्ब रूपैयाँ दाबीमध्ये ४७ करोड भुक्तानी भएको छ।
दाबी परेको मध्ये करिब ७ अर्ब २८ करोड रूपैयाँ बढी दाबी भुक्तानी दिनुपर्ने अनुमान नेपाल बीमा प्राधिकरणले गरेको छ।
बाढीपहिरोबाट भएको क्षतिको प्रारम्भिक निरीक्षणको आधारमा यस्तो अनुमान गरिएको हो।
कुल तीन हजार चार सय ६० दाबीमध्ये ६ सय ३७ वटा दाबीको भुक्तानी भएको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको थियो।
सात अर्ब ९१ करोड रूपैयाँ माग गर्दै कुल एक हजार ६ सय ७८ वटा दाबी परेको थियो। यसमध्ये तीन सय चार वटाको ३८ करोड ९५ लाख रूपैयाँको दाबी भुक्तानी भएको छ।