ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट किन्दा निश्चित रकम क्यासब्याक पाउने भएका छन्।
सो क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ 'ग्लोबल स्मार्ट प्लस' प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा पाँच सय रूपैयाँ क्यासब्याक पाउने भएका छन्।
बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरूले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा वा काट्दा 'फ्लाइयती' प्रोमो कोड प्रयोग गरी पाँच सय रूपैयाँ क्यासब्याक पाउने भएका हुन्।
ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउने गरेको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक हो। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने गरेको छ।