नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
सोमबार यूरोको विनिमय दर घट्दा पाउन्ड स्टर्लिङको भाउ भनेबढेको छ।
आजका लागि एक युरोपियन यूरोको खरिद दर १४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १४६ रुपैयाँ ३ पैसा र एक युके पाउन्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ ५३ पैसा र बिक्री दर १७४ रुपैयाँ ३० पैसा तोकेको छ।
आइतबार एक युरोपियन यूरोको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४२ पैसा, एक युके पाउन्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ ३० पैसा र बिक्री दर १७४ रुपैयाँ ०७ पैसा तोकिएको थियो।
अमेरिकन डलरको विनिमय दर स्थिर छ। एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ २३ पैसा र बिक्री दर १३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, एक स्विस फ्र्यांकको खरिद दर १५४ रुपैयाँ २८ पैसा र बिक्री दर १५५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
एक अष्ट्रेलियन डलरको खरिद दर ८८ रुपैयाँ ०५ पैसा र बिक्री दर ८८ रुपैयाँ ४५ पैसा, एक क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ २० पैसा र बिक्री दर ९६ रुपैयाँ ६३ पैसा, एक सिंगापुर डलरको खरिद दर १०१ रुपैयाँ २३ पैसा र बिक्री दर १०१ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
१० जापानी येनको खरिद दर ८ रुपैयाँ ७७ पैसा र बिक्री दर ८ रुपैयाँ ८१ पैसा, एक चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा, एक साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा, एक कतारी रियालको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९९ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार एक थाई भाटको खरिद दर ३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३ रुपैयाँ ९७ पैसा, एक युएई दिरामको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा, एक मलेसियन रिंगेटको खरिद दर ३० रुपैयाँ ६६ पैसा र बिक्री दर ३० रुपैयाँ ७९ पैसा कायम छ।
एक सय साउथ कोरियन वनको खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा, एक स्विडिस क्रोनरको खरिद दर १२ रुपैयाँ ५३ पैसा र बिक्री दर १२ रुपैयाँ ५९ पैसा र एक डेनिस क्रोनरको खरिद दर १९ रुपैयाँ ५५ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले एक हङकङ डलरको खरिद दर १७ रुपैयाँ २६ पैसा र बिक्री दर १७ रुपैयाँ ३४ पैसा, एक कुवेती दिनारको खरिद दर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा, एक बहराइन दिनारको खरिद दर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ ६२ पैसा तोकेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।