प्राइम बैंकले स्याङ्जाको फेदीखोला, नवलपरासीको सरावल, रुपन्देहीको मायादेवी र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाहरुको शुभारम्भ गरेको छ।
यी शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६० पुगेको बैंकले जनाएको छ ।
नयाँ शाखाको उद्घाटन बैंकका महाप्रबन्धक संजीव मानन्धरले फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले शाखा कार्यालय सरावल, शाखा कार्यालय मायादेवी र शाखा कार्यालय शुद्धोधनको उद्घाटन गरे।
बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बताएको छ।