साउनदेखि पुससम्म १ अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या नौ पुगेको छ।
गत वर्षको यही अवधिमा ६ वटाको नाफा १ अर्ब नाघेको थियो। यो पटक चार बैंक अर्ब कमाउनेमा थपिएका छन् भने अर्बको लाइनबाट एउटा बैंक खस्किएको छ।
यस अर्धवार्षिक अवधिमा अर्बको सूचीमा थपिएकाहरुमा स्टान्डर्ड चार्टड, कृषि विकास, एनएमबि र एभरेष्ट छन्। गत वर्षको यस अवधिमा अर्बको सूचीमा रहेको प्रभु भने अहिले बाहिरिएको छ। नविल, इन्भेष्टमेन्ट, नेपाल, राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले अर्ब बढी नाफालाई निरन्तरता दिएका छन्।
नाफाका आधारमा नविल र इन्भेष्टमेन्ट बैंक प्रतिस्पर्धात्मक रुपमा अग्रस्थानमा देखिएका छन्। दुवैले १ अर्ब ८३ करोड खुद नाफा कमाएका छन्।
गत वर्ष यस अवधिमा नविल अग्रस्थानमा थियो भने पहिलो त्रैमासमा इन्भेष्टमेन्ट अग्रस्थानमा थियो। दुवै बैंकको नाफा बराबरजस्तो देखिए पनि प्रतिसेयर आम्दानीमा नविल अग्रस्थानमा छ। नविलको सेयर संख्या इन्भेष्टमेन्टको भन्दा कम भएकाले प्रतिसेयर आम्दानीमा उ अगाडि देखिएको हो। बजार मूल्य पनि नविलकै बढी छ। नविलको प्रतिकित्ता एक हजार ५० को हाराहारीमा कारोबार भइरहँदा इन्भेष्टमेन्टको ६६० हाराहारीमा छ।
अर्धवार्षिक विवरणअनुसार प्रभुसहित ८ बैंकको नाफा भने खस्किएको छ। चुक्ता पुँजी बढाउँदै जाँदा घटेको नाफाले प्रतिसेयर आम्दानीमा सबैभन्दा ठूलो असर परेको छ। अर्ब कमाउने सूचीमै रहे पनि नेपाल बैंकको नाफा गत वर्षभन्दा खस्किएको छ।
नेपालबाहेक एनआइसी एसिया, सिटिजन्स, नेपाल बंगलादेश, माछापुच्छ्रे, प्रभु, बैंक अफ काठमाण्डु र सनराइज बैंकको नाफा खस्किएको छ। नाफा खस्किएका बैंकहरुको प्रतिसेयर आम्दानीमा समेत संकुचन आएको छ। प्राइम कमर्सियल बैंकको भने वित्तीय विवरण सार्वजनिक भइसकेको छैन।
९ वटा बैंकहरुले तोकिएको चुक्ता पुँजी अझै पुर्याएका छैनन्। सिद्धार्थ, एनएमबि, बैंक अफ काठमाण्डु, प्रभु, मेगा, कुमारी, सेन्चुरी, एनसीसी र सिभिल बैंकको तोकिएको चुक्ता पुँजी पुगेको छैन।
यीमध्ये केही हकप्रदको प्रक्रियामै छन्। हकप्रद र गत आवको नाफाबाट बोनस दिएपछि ८ अर्ब पुर्याउने छन्। ति बैंकको प्रतिसेयर आम्दानी विवरणमा केही मजबुत देखिए पनि तोकिएको पुँजी पुर्याउँदा प्रतिसेयर आम्दानी खस्किने छ। यसतर्फ लगानीकर्ता भने चनाखो बन्नुपर्ने खाँचो छ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव भइरहँदा वित्तीय विवरण भने सन्तुलित देखिएको छ। कम्पनीहरुको सिडी रेसियो तोकिअनुसार अर्थात ८० प्रतिशतमुनि नै देखिनुले त्यही संकेत गर्दछ।
हेरौं बैंकहरुको अर्धवार्षिक नाफा
बैंक |
अहिलेको खुद नाफा (रुपैयाँ) |
पहिलेको खुद नाफा (रुपैयाँ) |
नविल |
१ अर्ब ८३ करोड |
१ अर्ब ७४ करोड |
नेपाल इनभेष्टमेन्ट |
१ अर्ब ८३ करोड |
१ अर्ब ५८ करोड |
नेपाल |
१ अर्ब ६३ करोड |
१ अर्ब ८९ करोड |
कृषि विकास |
१ अर्ब २ करोड |
९० करोड |
स्टान्डर्ड चार्टड |
१ अर्ब १ करोड |
७४ करोड १ लाख |
ग्लोबल आइएमई |
९५ करोड २९ लाख |
९० करोड ६ लाख |
एभरेष्ट |
१ अर्ब १४ करोड |
९७ करोड १५ लाख |
नेपाल एसबिआई |
९१ करोड ३० लाख |
७५ करोड ८७ लाख |
हिमालयन |
१ अर्ब १० करोड |
१ अर्ब २ करोड |
सिद्धार्थ |
७७ करोड २८ लाख |
७२ करोड ६० लाख |
एनआइसी एसिया |
५७ करोड १७ लाख |
७२ करोड १४ लाख |
एनएमबि |
१ अर्ब ७२ लाख |
७० करोड १० लाख |
सानिमा |
८२ करोड ४७ लाख |
६२ करोड २४ लाख |
सिटिजन्स |
६२ करोड ८६ लाख |
६३ करोड १६ लाख |
नेपाल बंगलादेश |
४३ करोड ८० लाख |
५४ करोड ६ लाख |
माछापुच्छ्रे |
४७ करोड १८ लाख |
५७ करोड ५३ लाख |
प्राइम कमर्सियल |
|
|
लक्ष्मी |
५१ करोड ९२ लाख |
४० करोड ६३ लाख |
बैंक अफ काठमाण्डु |
५५ करोड १५ लाख |
६० करोड १४ लाख |
प्रभु |
४३ करोड ४९ लाख |
१ अर्ब ११ करोड |
मेगा |
३९ करोड ३६ लाख |
३७ करोड ९ लाख |
कुमारी |
४८ करोड २ लाख |
२७ करोड ९३ लाख |
सेन्चुरी कमर्सियल |
३२ करोड ५१ लाख |
२२ करोड ३९ लाख |
सनराइज |
५८ करोड ७५ लाख |
६० करोड ९७ लाख |
एनसीसी |
३५ करोड ४५ लाख |
७ करोड ७६ लाख |
सिभिल |
२१ करोड ६९ लाख |
१६ करोड ७३ लाख |
जनता |
२७ करोड १७ लाख |
१६ करोड १३ लाख |
राष्ट्रिय वाणिज्य |
१ अर्ब ७८ करोड |
१ अर्ब २१ करोड |
हेरौं बैंकहरुको चुक्ता पुँजी र प्रतिसेयर आम्दानी
बैंक |
चुक्ता पुँजी (रुपैयाँ) |
प्रतिसेयर आम्दानी |
नविल |
८ अर्ब ४ करोड |
४५ रुपैयाँ ४९ पैसा |
नेपाल इन्भेष्टमेन्ट |
१० अर्ब ६२ करोड |
३४ रुपैयाँ ४५ पैसा |
नेपाल |
८ अर्ब ४ करोड |
४० रुपैयाँ ७४ पैसा |
कृषि विकास |
८ अर्ब ५० करोड (सा.) |
२० रुपैयाँ ३७ पैसा |
स्टान्डर्ड चार्टड |
८ अर्ब १ करोड |
२५ रुपैयाँ |
ग्लोबल आइएमई |
८ अर्ब ८८ करोड |
२१ रुपैयाँ ४४ पैसा |
एभरेष्ट |
८ अर्ब १० करोड |
२८ रुपैयाँ ४१ पैसा |
नेपाल एसबिआई |
८ अर्ब ४ करोड |
२२ रुपैयाँ ६९ पैसा |
हिमालयन |
८ अर्ब ११ करोड |
२७ रुपैयाँ २६ पैसा |
सिद्धार्थ |
७ अर्ब ५ करोड |
२२ रुपैयाँ ६४ पैसा |
एनआइसी एसिया |
८ अर्ब ३ करोड |
१४ रुपैयाँ २४ पैसा |
एनएमबि |
६ अर्ब ४६ करोड |
३१ रुपैयाँ १८ पैसा |
सानिमा |
८ अर्ब १२ लाख |
२० रुपैयाँ ५६ पैसा |
सिटिजन्स |
८ अर्ब २ करोड |
१५ रुपैयाँ ६६ पैसा |
नेपाल बंगलादेश |
८ अर्ब ८ करोड |
११ रुपैयाँ |
माछापुच्छ्रे |
८ अर्ब ५ करोड |
११ रुपैयाँ ९४ पैसा |
प्राइम कमर्सियल |
|
|
लक्ष्मी |
८ अर्ब २२ करोड |
१३ रुपैयाँ २३ पैसा |
बैंक अफ काठमाण्डु |
६ अर्ब २४ करोड |
१७ रुपैयाँ ६६ पैसा |
प्रभु |
६ अर्ब ५३ करोड |
२१ रुपैयाँ ५९ पैसा |
मेगा |
७ अर्ब ३७ करोड |
५ रुपैयाँ ३४ पैसा |
कुमारी |
५ अर्ब ९६ करोड |
१६ रुपैयाँ ९ पैसा |
सेन्चुरी कमर्सियल |
७ अर्ब ६७ करोड |
८ रुपैयाँ ४७ पैसा |
सनराइज |
८ अर्ब १५ करोड |
१४ रुपैयाँ ४१ पैसा |
एनसीसी |
४ अर्ब ६७ करोड |
१० रुपैयाँ २४ पैसा |
सिभिल |
५ अर्ब १८ करोड |
८ रुपैयाँ ३४ पैसा |
जनता |
८ अर्ब ७ लाख |
६ रुपैयाँ ७९ पैसा |
राष्ट्रिय वाणिज्य |
८ अर्ब ५८ करोड |
– |