बुधबार सेयर बजारका सबै सूचक झरेका छन्। परिसूचक नेप्से १५ दशमलव ७८ अंकले झरेको छ। आजको कारोबारपछि नेप्से १४४० अंकमा अडेको छ। सेन्सिटिभ सूचक ३ अंकले झरेको छ।
बिमा उपसूचक १६९, होटल २०, बैंकिङ १०, विकास बैंक ११, जलविद्युत ७, उत्पादन २७, अन्य ७ र माइक्रोफाइनान्स उपसूचक २३ अंकले झरे। फाइनान्स र व्यापारको गिरावट १ अंकमुनि रह्यो।
यस दिन सेयर लगानीकर्ताले १८ अर्ब गुमाएका छन्। अघिल्लो दिन १७ खर्ब रहेको बजारको पुँजीकरण बुधबार १६ खर्ब २ अर्बमा झरेको छ। जम्मा ३७ करोड ४८ लाखको कारोबार भयो।
अघिल्ला दिनहरुमा जस्तै कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रह्यो। कम्पनीको ३ करोड ६ लाखको कारोबार हुँदा मूल्य घटेर प्रतिकित्ता १८२१ कायम भएको छ। एभरेष्ट बैंक तथा सानिमा माइ हाइड्रो पनि कारोबारका आधारमा अगाडि रहे।
फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाए। एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाए। दिव्यश्वर हाइड्रोको मूल्य ५ प्रतिशतले घट्यो। नेपाल इन्स्योरेन्सले साढे ४ प्रतिशत बोनस, मेगाले ९. ४ प्रतिशत बोनस घोषणा गरेका छन्।