ज्योति लाइफ इन्स्योरेन्स र एनएमबि बैंकबीच बैकासुरेन्स सम्झौता भएको छ।
सम्झौतामा इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे। सम्झौताअनुसार बैंकका शाखाबाट इन्स्योरेन्सका सेवाहरु प्राप्त हुनेछ।
बैंकका ९० भन्दा बढी शाखा संजालबाट ग्राहकले बैंकिङ सेवाका अलवा इन्स्योरेन्सका योजनामा सहभागी हुन र जीवन बीमा लेख सहजै खरिद गर्न सक्नेछन्।
इन्स्योरेन्सका २३ वटा शाखा संजालमार्फत बीमा सेवा प्रदान भइ आएकोमा सम्झौतापछि सेवा विस्तार भएको छ।