बुधबार सेयर बजारका सबै सूचक खस्किएका छन्। समग्र नेप्से परिसूचक ९ अंकले घटे पनि उपसूचक सबै राताम्मे भएका छन्। सेन्सिटिभ सूचक २ अंकले घट्यो।
उपसूचकहरु बिमा ४३, उत्पादन ३५, जलविद्युत २६, बैंकिङ ६, विकास बैंक ६, अन्य १०, माइक्रोफाइनान्स ७, फाइनान्स १ र होटल ०.१ अंकमा घटे।
सबै सूचकहरु घट्दा कारोबार रकम पनि खस्किएको छ। कुल १५५ कम्पनीको ४२ करोड ४३ लाखको सेयर किनबेच भयो। यस दिन लगानीकर्ताले ११ अर्ब रुपैयाँ गुमाएका छन्।
अघिल्लो दिन १७ खर्ब ३७ अर्ब रहेको पुँजीकरण घटेर १७ खर्ब २६ अर्बमा कायम भएको छ। कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो।
सो कम्पनीको ४ करोडको कारोबार हुँदा मूल्य ११ ले घटेर प्रतिकित्ता ८८६ रुपैयाँ कायम भएको छ। स्टान्डर्ड चार्टडको २ अर्ब ८६ करोडको कारोबार भयो।
सिन्धु विकास बैंकका लगानीकर्ताले ६ प्रतिशत नाफा कमाए। प्रिमियर इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो। हिमालय डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशत गुमाए।