टाटा मोटर्सले अटो शोमा आफ्नो आगामी जेनेरेसनका प्यासेन्जर गाडीहरुको प्रदर्शनी गरेको छ। काठमाडौंमा आयोजित नाडा अटो शोमा टाटाको स्टाईल ब्याक टाटा टिगोर, अवार्ड विजेता कम्प्याट सेडान टाटा जेस्ट, नेपालकै पहिलो मल्टी ड्राइभ ह्याच्– टाटा बोल्ट र प्रिमियम यूवी, टाटा हेक्जाको अनावरण गरिएको छ।
उक्त अनावरण कार्यक्रममा सहभागी भएका टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले हेक्जा उत्कृष्ट डिजाइन, विशेषता र क्लासको संयोजन भएको उल्लेख गरे। ‘हामी आशावादी छौँ कि नेपाली बजारले यसको महत्व बुझ्न र माया गर्न सक्षम हुनेछ’ उनले भने।
त्यसैगरी सिप्रदी टे«डिङ्गका सिइओ राजन बाबु श्रेष्ठले नाडाको अवसर पारेर हेक्जा सहित टाटा मोटस्का अन्य गाडीहरु अनावरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
विभिन्न विशेषताले भरिपूर्ण यस हेक्जामा प्रोजेक्टर हेडल्याप्म, १९ ईन्च एलोय व्ह्ील, एलइडी टेल ल्याम्प र जेबिएलअडियो सिस्टमका १० स्पिकर रहेका छन्।
हेक्जा २.२ लिटर VARICOR डिजल ईन्जिनमा 150PS/320Nm वा 156PS/400Nm सहित उपलब्ध छ। ज्ञछण्एक्रघद्दण्ल्m मा ५–स्पिडम्यानूयल रहेको छ भने अर्कोमा ६–स्पिडम्यानूयल र ६–स्पिडअटोमेटिक रहेको छ।
XE, XM, XMA, XT, XTA
& XT 4x4
गरी ६ भिन्न मोडेलमा उपलब्ध रहेको हेक्जामा XT 4x4 भने ६–स्पिडम्यानूयल ट्रान्समिसनमा मात्र उपलब्ध हुनेछ।