सरकारले चार जना डिआइजीलाई एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विश्वकर्मालाई एआइजीमा बढुवा तथा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
यस्तै बैठकले इलाम जिल्लालाई तीन महिना अवधिका लागि विपद संकटग्रस्त घोषणा गरेको छ।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो। त्यहाँ ३७ जनाको मृत्यु भएको थियो। एक जना बेपत्ता छन्। इलाममा ४२ वर्षकै अधिक वर्षा भएको थियो।
यस्तै बैठकले सरकारले भूमि समस्या सम्बन्धी आयोग र त्यसअन्तर्गतका जिल्ला समितिहरू खारेज गरेको छ।
केन्द्रमा भूमि आयोगमा ८ सदस्यीय पदाधिकारी छन्। अध्यक्ष हरिप्रसाद रिजाल थिए।