जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजनाअन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ।
राजधानीमा मंगलबारबाट सुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै सबै गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो।
नाडा अटो शो मार्फत कम्पनिले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ। यो योजना देशभरका शो रुमहरुवाट समेत उपलब्ध हुने सुजुकीले जनाएको छ।
कम्पनीका अनुसार ‘डवल मज्जा’ अफर अन्तर्गत ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही बोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मका लागि निशुल्क बिमा सुविधा, सडक कर र रजिष्ट्रेसन निशुल्क उपलब्ध गराइने छ। २०१६ का सम्पूर्ण मोडलहरुमा विशेष छुट समेत दिइने कम्पनीको भनाइ छ।