एमजी मोटर्स नेपाल को अधिकृत आयातक तथा वितरक पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
यसरी कम्पनीले १०० भन्दा बढी स्पेयर पार्टहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
विश्वास र गुणस्तर मा आधारित ब्रान्डको रूपमा एमजी मोटर्स नेपालले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा–सहज र किफायती स्वामित्व अनुभव–पूरा गर्ने प्रयास गर्दै आएको छ।
यसै उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको छ र यसको फाइदा सीधा ग्राहकहरूलाई पुर्याएको छ।
यसैगरी, एमजी मोटर्स नेपाल ले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ।
काठमाडौं उपत्यकामा ३ वटा पूर्ण-सुविधायुक्त सेवा केन्द्र र देशभर फैलिएको डिलरसिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सेवा केन्द्रहरूको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको छ।
'एमजी मोटर्स नेपालमा, हाम्रा ग्राहकहरूको विश्वासले नै हाम्रो निर्णयहरूलाई मार्गदर्शन गर्छ,' पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, 'हामीले स्पेयर पार्ट्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केबल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो। यो केबल सुरुवात हो र हामी अझै थप लागत घटाएर स्पेयर पार्टको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत छौं।'
एमजी मोटर्स नेपालले अत्याधुनिक प्रविधि र विश्वसनीयतालाई संयोजन गर्दै ग्राहकहरूको हरेक यात्रालाई सहज सेवा र उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छ।