ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारीले रिबन काटे। नजिकै रहेको डिभाइडरमा टाँसिएको शिलापत्र अनावरण भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो। तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो।
तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो। आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो।
केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए।
-1750417213.jpg)
-1750417212.jpg)
-1750417212.jpg)
-1750417210.jpg)
-1750417209.jpg)
-1750417208.jpg)
-1750417210.jpg)
-1750417209.jpg)
-1750417208.jpg)
-1750417208.jpg)
-1750417208.jpg)
-1750417207.jpg)
-1750417207.jpg)