सार्वजनिक यातायात बन्द हुँदा काठमाडौं उपत्यकामा राइड शेयरिङमा चाप देखिएको छ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावली खारेजसहित सात बुँदै माग राखेर यातायात व्यवसायीहरूले सोमबार देशैभरि यातायात बन्द गरेका छन्।
यातायात बन्द भए पनि अरू क्षेत्रहरू बन्द छैनन्।
सडकमा राइड सेयरिङ एपमार्फत यात्रा गर्नेहरू पनि धेरै देखिएको छ।
विभिन्न ठाउँहरूमा राइडरहरू यात्रुलाई कुरिरहेको देखिन्छ। केही यात्रुहरू भाडा दिइरहेको र केही यात्रुहरू अनलाइनमा राइड शेयरिङ बुक गरिरहेको देख्न सकिन्छ।
केही ठाउँहरूमा भने राइडरहरू नै यात्रु खोजिरहेको देख्न सकिन्छ।
काठमाडौंमा अरू समयमा पनि अफलाइन यात्रु बोक्ने राइडरहरू चोक-चोकमा भेटिन्छन्।
आज सार्वजनिक सवारी साधन नचल्दा राइडरहरूले अफलाइन बार्गेनिङ गरेको गुनासो आएको कुरा प्रहरीले विज्ञप्ती जारी गरेरै बताएको छ।
त्यसरी बार्गेनिङ गरे ट्राफिक प्रहरी कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न भनिएको छ।
राइड शेयरिङ कम्पनी पठाओले विज्ञप्ती नै जारी गरेर भाडा नबढाइएको बरू क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरिएको भनेर विज्ञप्ती नै जारी गरेको छ।
‘हामी प्रष्ट पार्न चाहन्छौं कि हामिले नियमित शुल्क मात्रै लिएका छौँ तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ सूचनामा भनिएको छ,‘बरू यात्रुहरुलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामीले राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरूलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेका छौं।’
तस्बिरहरूः
-ink-1748854354.jpeg)
-ink-1748854354.jpeg)
-ink-1748854353.jpeg)
-ink-1748854353.jpeg)
-ink-1748854353.jpeg)
-ink-1748854353.jpeg)
-ink-1748854352.jpeg)
-ink-1748854352.jpeg)
-ink-1748854350.jpeg)
-ink-1748854351.jpeg)
.1-ink-1748854351.jpeg)
.1-ink-1748854350.jpeg)
-ink-1748854350.jpeg)
.1-ink-1748854350.jpeg)
.1-ink-1748854349.jpeg)
-ink-1748854349.jpeg)
-ink-1748854347.jpeg)
.1-ink-1748854347.jpeg)
-ink-1748854348.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।