पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग क्रमिक रुपमा बढिरहेको छ।
भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको पहिलो ७ महिनामा १ अर्ब ५४ करोड ३१ लाख ७० हजार ४४ सय ७ रुपैयाँको विद्युतीय सवारी साधन आयात भएको छ। यसमा १ हजार ५ सय २५ वटा गाडी आयात भएका हुन्।
गत वर्ष यही अवधिमा ६५ करोड ८६ लाख ९४ हजार ८० रुपैयाँको मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो।
तथ्याङ्क हेर्दा नेपालमा विद्युतीय सवारी साधनप्रति विश्वास बढ्दो छ। राजधानीका सडकमा चारपांग्रे विद्युतीय सवारी साधनले जुन रफ्तारमा आफ्नो उपस्थिति जनाउँदै छ, त्यो रफ्तारमा दुर्इपांग्रे सवारी साधन पुग्न सकेको छैन।
नेपालमा धेरै ब्राण्डका दुई पांग्रे सवारी साधन भित्रिए पनि निकै कमले मात्रै आफूलाई स्थापित गर्न सकेका छन्। त्यो मध्ये एक हो ‘एनआइयू’। ‘एनआइयुको लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले ३ वर्ष अघि यो ब्रण्ड नेपाल भित्र्याएको हो। कम्पनीले हाल देशभर ६ ठाउँमा आफ्नो डिलर विस्तार गरिसकेको छ।
‘एनआइयू’ एन सिरिज सबैभन्दा लोकप्रिय मानिन्छ। यो ६ सय भन्दा धेरै बिक्री भइसकेको कम्पनीका बिजनेस हेड उज्वल जोशीले जानकारी दिए।
६० भोल्ट ब्याट्री जडित एन सिरिज मा २४०० वाटको बोस कम्पनीको मोटर जडान गरिएको छ। यसले १२० एनएम टर्क जेनेरेट गर्छ। फुल चार्ज गर्न ४ देखि ६ घण्टा लाग्ने यस स्कुटरले फुल चार्जमा ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
फुल चार्ज गर्दा ३ युनिट विजुली लाग्ने र एक किलोमिटरमा ३५ देखि ३७ पैसा खर्च हुने जोशीले जानकारी दिए।
२ ओटा अप्सनमा उपलब्ध यस स्कुटरको मूल्य कम्पनीले म्याट रङ्गको २ लाख ६० हजार र ग्लास रङ्गको २ लाख ५४ हजार निर्धारण गरेको छ। यो स्कुटर इको, सिटी र स्पोर्ट गरी ३ ओटा मोडमा चलाउन सकिन्छ।
यसको अर्को विशेषता ‘एप्लिकेशन’ हो। एपको सहाराले जिपिएस ट्र्याकिङ, ब्याट्रीको पावर, गुडेको दुरी, स्थान तथा पफर्मेन्स थाहा पाउन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै यसमा दिइने रिमोट कन्ट्रोलको सहाराले सजिलै स्कुटर खोज्न सकिने र लक पनि गर्न सकिन्छ। लक गरेको समयमा कसैले स्कुटरमा छेडखानी गरेमा अलार्म बज्छ। एन सिरिजमा दुवै पांग्रामा डिक्स ब्रेक जडान गरिएको छ।
यसमा सजिलै हेलमेट अट्ने १८.५ लिटरको बुट स्पेस छ भने १४५ मिलिमिटर ग्राउण्ड क्लियरेन्सले सहरी सडकमा गुड्न सहजता प्रदान गरेको छ।
कम्पनीले यसको मोटरमा २ वर्ष र ब्याट्रीमा २ वर्ष वारेन्टी प्रदान गरेको छ। ग्राहकको सहजताको लागि कम्पनीले विभिन्न बैंकसँग सहकार्य गरेर न्युनतम २५ हजार ४ सय मात्र डाउन पेमेन्ट गरेर स्कुटर खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ।
विक्रीपछिको सेवाको लागि कम्पनीले विशेष ध्यान दिएको जोशीको दावी छ। ‘बेच्न त धेरैले बेचे तर ग्राहकलाई विक्री पछि पनि सेवा दिनु ठूलो कुरा हो। हामीले सजिलोसँग स्पेयर पार्टस् सुपथ मूल्यमा उपलब्ध गराइरहेका छौँ,’ उनले भने ‘त्यस्तै कुनै पनि ठाउँमा स्कुटर बिग्रियो भने हामीले सोही ठाउँमै दक्ष टेक्निसियन पठाएर बनाइदिन्छौँ।’