ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले नेपालमै बनेको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ बुकिङ गरेका छन्।
बिहीबार यात्री मोटरसाइकल सार्वजनिक कार्यक्रममा पुगेका ज्योतिले मोटरसाइकलको पहिलो उत्पादन खरिद गर्ने घोषणा गरेका हुन्।
मोटरसाइकलको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।
‘नेपाली युवाहरू प्रविधिमा अगाडि बढ्नु ठूलो कुरा हो, त्यसकारण मूल्य थाहा नभएपनि खरिद गरेको हुँ,’ ज्योतीले भने।
ज्योतिको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए।
४ जना इन्जिनियर सहितको ७ जनाको नेपाली युवा टोलीले बनाएको मोटरसाइकलको बिहिबार सार्वजनिक गरेका हुन्।