नेपालमा गाडी बनाउन कम्पनीको संख्या बढेको छ। उद्योग विभागको तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका २० गाडी एसेम्बल कम्पनी मध्ये ८ ओटा आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका हुन्।
यी ८ कम्पनीले ५ अर्ब ५९ करोड ९६ लाख ८३ हजारको लगानी प्रतिवद्धता गरेका छन् भने ७ सय ४३ जनाले रोजगारीको अवसर पाउने अनुमान छ।
उद्योग दर्ता गराएका यी ८ कम्पनी मध्ये लक्ष्मी मोटर कर्पोरेशनले सबैभन्दा धेरै लगानी प्रतिवद्धता गरेको छ। कर्पोरेशनले ५ अर्ब १० करोड लगानी प्रतिवद्धता गरेको छ। जसबाट ४४० जनालाई रोजगारीको अवसर मिल्ने छ। लक्ष्मीले नेपालमा दक्षिण कोरियन ब्राण्ड हुण्डाइका सवारी साधन बिक्री गर्दै आएको छ।
यो वर्ष दर्ता हुने अन्य कम्पनीमा हेरोइन अटो इलेक्ट्रिक उद्योग, बेनलिङ मोटर टेक्नोलोजी कम्पनी, मिथिला अटो क्राफ्ट, ग्रेटवाल इलेक्ट्रिक भेइकल, सार्प भिजन इन्टरप्राइजेज र बेला मोटर्स प्राली छन्।
उद्योगका रुपमा दर्ता संख्या बढ्नु आगामी दिनका लागि राम्रो संकेत रहेको नाडा अटोमोवाइल एसोसियसनका सचिव अनुप बरालले बताए।
‘अटोमोवाइल क्षेत्रमा काम गरिरहेका व्यवसायीले पछिसम्म यही काम गर्नु छ भने अगाडि बढ्नै पर्छ’ उनले भने ‘भोलिको दिनमा नेपालमै केही गर्न सकिन्छ कि भनेर उहाँहरुले दर्ता गरेको हुन सक्छ।’
नेपालमै गाडी एसेम्बल हुन थालेमा ग्राहकलाई सस्तोमा दिन सकिने र रोजगारीको अवसर समेत बढ्ने उनले बताए। नेपालमा बनाएको गाडी नेपाल बाहिर पनि बेच्न सकिने बरालको तर्क छ।
‘गाडी उत्पादन गर्दा भोल्युम इन्डस्ट्री हेरेर हुँदैन, कुन गाडी कति बिक्री हुन्छ? त्यो गाडी नेपालका छिमेकी ठाउँमा पठाउन सकिन्छ सकिँदैन सबै हेर्नुपर्छ,’ उनले भने।
नेपालमै गाडी एसेम्बल गर्न उद्योगीहरुलाई सरकारले प्रेरित गर्नुपर्ने बरालले सुझाए। सरकारले स्थान, विद्युत प्रवाह, सहज ऋणको व्यवस्थाका लागि नीतिगत कुरामा ध्यान दिएमा नेपालमा गाडी एसेम्बल सम्भव भएको उनले बताए।
अधिकांशले विद्युतीय सवारी बनाउने
यो वर्ष उद्योग विभागमा दर्ता हुने ७ मध्य ५ कम्पनीले विद्युतीय सवारी साधन बनाउने छन्।
हेरोइन अटो इलेक्ट्रिक उद्योग र लक्ष्मी मोटर कर्पोरेशन बाहेकका अन्य ५ कम्पनीले विद्युतीय सवारी साधन उत्पादन गर्ने जनाएका हुन्।
सरकारले पेट्रोल–डिजल सवारी साधन निरुत्साहन र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरेका कारण पनि व्यवसायीहरु यसमै लालाहित भएको हुनसक्ने जानकार बताउँछन्।
आर्थिक वर्ष २०७६/७७ को बजेटअनुसार हाइब्रिडमा गाडीमा औसत १०५ प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ। यहाँ आयात हुने पेट्रोल डिजल गाडीमा औसत २१० प्रतिशत कर लाग्ने व्यवस्था छ।
त्यस्तै बिजुलीबाट चल्ने निजी कारमा २३ र सार्वजनिक सवारीमा १४ प्रतिशत कर लाग्छ। उद्योग अहिल्यै संचालमा नआए पनि हुण्डाई, किया, बिवाईडी लगायतका ब्राण्डले नेपालमा विद्युतीय गाडी भित्र्याइसकेको मात्र होइन सडकमा फाट्ट–फुट्ट देखिन समेत थालेका छन्।
दर्ता मिति
|
उद्योगको नाम
|
ठेगाना
|
कुल पुँजी
|
उत्पादन
|
२०७५/५/१५
|
हेरोइन अटो इलेक्ट्रिक उद्योग प्रालि
|
कन्चनपुर
|
१० करोड
|
३ पांग्रे र ४ पांग्रे सवारी साधन
|
२०७५/६/५
|
बेनलिङ मोटर टेक्नोलोजी कम्पनी प्रालि
|
काठमाडौं
|
४ करोड
|
विद्युतिय मोटरसाइकल/स्कुटर, ३ पांग्रे र ४ पांग्रे सवारी साधन
|
२०७५/७/१८
|
मिथिला अटो क्राफ्ट प्रालि
|
धनुषा
|
२४ करोड ८१ लाख ८ हजार ३ सय
|
तिन पांग्रे टेम्पो÷क्यारियर र ३ पांग्रे विद्युतिय सवारी
|
२०७५/९/९
|
ग्रेटवाल इलेक्ट्रिक भेइकल प्रालि
|
चितवन
|
३ करोड ५०लाख
|
२ पांग्र,३ पांग्रे र ४ पांग्रे विद्युतीय सवारी साधन
|
२०७५/१२/१७
|
सार्प भिजन इन्टरप्राइजेज प्रालि
|
सुनसरी
|
२ करोड
|
२ पांग्रे र ३ पांग्रे विद्युतीय सवारी साधन
|
२०७६/१/८
|
लक्ष्मी मोटर कर्पोरेशन प्रालि
|
नवलपसारी
|
५ अर्व १० करोड
|
४ पांग्रे सवारी साधन
|
२०७५/५/३
|
बेला मोटर्स प्रालि
|
चितवन
|
७५ लाख
|
विद्युतीय मोटरसाइकल/स्कुटर
|