साझा यातायातले विरामी तथा अपांगता भएकाहरुलाई मध्यनजर गर्दै रात्री सेवामा सेमि लो फ्लोर बस संचालनमा ल्याएको छ।
गत फागुन २३ गते देखी संचालनमा ल्याइएको उक्त बस विशेषतः अस्पताल केन्द्रीत भएकोले बिरामी, अपांग, लगायतको लागि रात्रीकालिन समयमा सेवा दिने उदेश्यले संचालनमा ल्याएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिए।
‘यो गाडी चल्ने अस्पतालको रुटमा हो, रातको समयमा बिरामी, कुरुवा, अपांगता भएका व्यक्तिहरु लगायत अन्य सर्वसाधरणहरुलाई समेत सहज होस भन्ने उदेश्यले हामीले यो कदम चालेका हौं’ उनले सेतोपाटीसँग भने।
राती ९ बजे लगनखेल (पाटन अस्पताल) बाट हिडेको गाडी ९ः३० बजे नारायणगोपाल चोक पुग्नेछ भने ९ः ४० मा नारायणगोपाल चोकबाट हिडेर १०ः१०मा लगनखेल आइपुग्ने साझाले जनाएको छ।