सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ।
कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जितपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको कम्पनीले जनाएको छ।
सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तले यो अभियानले राम्रो प्रतिकृया पाएको र यसले आफुहरुलाई दोस्रो चरणमा पनि उत्साहित पार्ने बताए।
सेलेरियो “द पर्फेक्ट फेमिली कार” अभियान अन्तर्गत ग्राहकलाई प्रत्येक टेस्ट राइडमा उपहार र एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यासब्याक प्राप्त गरेको कम्पनीले जनाएको छ।